

चितवन । माडीका युवा उद्यमी शोभाकान्त बस्याल स्वास्थ्य तथा सौन्दर्य सामग्री उत्पादक संघ नेपालको केन्द्रीय महासचिव निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा सम्पन्न संघको प्रथम ऐतिहासिक साधारणसभा एवं अधिवेशनबाट दुर्गा गौतमको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुँदा माडी-५, राधापुर निवासी बस्याल सर्बसम्मत महासचिव पदमा निर्वाचित हुनुभएको हो ।

युवा उद्यमी बस्याल चर्चित ओखती ब्राण्डका साबुन र अन्य सौन्दर्य प्रशाधनहरुको उत्पादक जयकाली जडिबुटी कम्पनी (प्रा.) लि.का सञ्चालक रहनुभएको छ ।
