अपराध खबर पोष्ट

चार बर्षको बालक लैजाँदै गरेको अवस्थामा चितवनबाट एक भारतीय महिलालाई पक्राउ

चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा भारत देश रहसी गाउँ बस्ने अन्दाजी बर्ष ३८ की अनिता पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा दिन ४ म्याद लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय बालबालिकाहरुलाई फकाई फुल्याई लैजाने वा चोर्ने गिरोह सक्रिय रहेको चर्चा हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार