देश-प्रदेश खबर पोष्ट

टम्टा खोलाको बाढीले पूर्वी माडीका केहि घर डुबान, शान्त घर रिसोर्ट जोखिममा

चितवन । लगातारको बर्षासंगै आएको बाढीले पूर्वी माडीको कृष्णनगर क्षेत्रमा केहि घर डुबानमा पर्नुका साथै शान्त घर रिसोर्ट जोखिममा परेको छ ।

माडी-९, कृष्णनगरस्थित टम्टा खोलामा आएको बाढीले कटान गर्दा खोलाको छेउमै रहेको शान्त घर रिसोर्टको एक भवन भत्किने अवस्थामा पुगेको हो ।

त्यस्तै, टम्टा क्षेत्रमै खेत र बाटोको भलका कारण साविक रेवा सामुदायिक बोर्डिङ (हाल कृष्णनगर मा.वि. ब्लक ‘बी’) वरपरका केहि घरभित्र डुबान भएको छ ।

टम्टा खोलाको कटान रोक्न जे.सि.बी. चलाउने पहल भइरहेको वडाध्यक्ष घनश्याम दवाडीले जानकारी दिनुभयो । पूर्वी माडीका सबैजसो खोलामा पुल निर्माण अधुरै रहेका कारण यातायात सेवा प्रभावित रहेको छ ।

हाल माडी क्षेत्रसंगै चितवन वरपर बर्षा हुने क्रम जारी नै छ । पछिल्लो २४ घण्टामा माडीको बगहीँस्थित बर्षामापन केन्द्रमा १८३.४ र बनकट्टास्थित बर्षामापन केन्द्रमा १३३.८ मिलिमिटर (यो खबर पोस्ट गर्दाको समयमा) बर्षामापन भइसकेको हो ।

तपाईको प्रतिक्रिया