देश-प्रदेश खबर पोष्ट

चितवन १ मा अन्ततः सुरेन्द्र पाण्डे एमाले उम्मेदवार, जे.एन. प्रदेशसभा तर्फ

चितवन । नेकपा (एमाले)ले चितवन क्षेत्र नं १ मा प्रतिनिधीसभा निर्वाचन लड्न अन्ततः सुरेन्द्र पाण्डेलाई टिकट दिएको छ ।

लामो रस्साकस्सीपछि पूर्व अर्थमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष पाण्डेले टिकट पाउनुभएको हो । सो निर्वाचन क्षेत्रमा जगन्नाथ थपलियाले टिकट दाबी गर्दै लबिङ गरिरहनुभएको थियो ।

एमालेले थपलियालाई प्रदेश सभा निर्वाचनमा उमेदवार बनाउने भएको छ । उहाँले निर्वाचन क्षेत्र नं १ (क)को टिकट पाउनुभएको हो । त्यस्तै, प्रकाश खनाल शैलेसले निर्वाचन क्षेत्र नं १ (ख)को टिकट पाउनुभएको छ

तपाईको प्रतिक्रिया