

चितवन । अछाममा भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ ।

नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । यसअघि, रावललाई टिकट नदिएको विरोधमा एमाले क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिनुभएको थियो ।

अछाम-१ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई टिकट दिनुभएको थिएन । अध्यक्ष ओलीले सो क्षेत्रमा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिनुभएको थियो ।
