देश-प्रदेश खबर पोष्ट

नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारी उम्मेदवार

चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन क्षेत्र नं. ३ मा डा. भोजराज अधिकारी उम्मेदवार हुनुहुने भएको छ ।

भरतपुर अस्पतालका अध्यक्ष एवं पुष्पाञ्जली अस्पतालका बरिष्ठ फिजिसियन समेत रहनुभएका डा. अधिकारीलाई माओवादी केन्द्रले प्रतिनिधीसभा तर्फ गठबन्धनका साझा उम्मेदवार बनाएको हो ।

माओवादी केन्द्रबाट चितवनका उम्मेदवारहरु निश्चित गर्न भरतपुरमा बसेको जिल्ला कार्यालयको बैठकको सिफारिस अनुसार प्रदेश सचिवालयले प्रदेश ३(ख) मा उहाँको उम्मेदवारी टुङ्ग्याएको पार्टी श्रोतले जनाएको छ ।

यसअघि यस क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी रहने भनिएपनि प्रचण्डले गोर्खा-२ रोज्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार