

चितवन । नेकपा (माओवादी केन्द्र)ले माडीका महिला नेतृ अम्बिका लामिछानेलाई प्रदेश समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारहरुको बन्दसुचीमा माडी-३, बसन्तपुर बजार निवासी नेतृ लामिछानेको नाम खस आर्य महिलातर्फ सुचिकृत रहेको हो ।

विद्यार्थीकालदेखि नै बामपन्थी राजनीति सुरु गर्नुभएका लामिछाने लामो समयसम्म पार्टीको पूणर्कालीन कार्यकर्ता रहनुभएकोमा हाल राजनीतिसंगै भरतपुरमा व्यवसायमा समेत आवद्ध रहनुभएको छ ।
