माडी (स्थानीय) खबर पोष्ट

माडीबाट कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या : काँग्रेस नगर सभापति भुसाल

चितवन । नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालले माडीबाट संघ, प्रदेश तथा समानुपातिक कतैपनि कोहिपनि उम्मेदवार नरहँदा पार्टी परिचालनमा समस्या परेको बताउनुभएको छ ।

स्वदेश एफ.एम.को कार्यक्रम निर्वाचन नजरमा कुराकानी गर्दै सभापति भुसालले माडी क्षेत्रबाट कुनै उम्मेदवार नरहँदा पार्टी नेतृत्वप्रति सबैको असन्तोष रहेको बताउनुभयो । पार्टीप्रति गुनासो रहेपनि गठबन्धनप्रति भने कुनै गुनासो नरहेको उहाँको भनाई छ ।

चितवन ३ मा काँग्रेसबाट बागी (स्वतन्त्र) उम्मेदवारी दिएका अन्य उम्मेदवारहरु हाल पार्टीको आधिकारिक उम्मेदवार नरहेपनि केहि समस्या भने परेको उहाँको स्वीकारोक्ति छ ।

पार्टीको इतिहास र सम्भावना बोकेका युवाहरु पार्टीबाहिर जानु उचित नरहेको भन्दै उहाँले तिहार लगत्तै पार्टी संयन्त्र एकीकृत भई गठबन्धन जिताउन चुनाबमा होमिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया