

चितवन । चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेले दुई महिनामा उप्किने खालको कालोपत्रे नभई बर्षौँसम्म टिक्ने गुणस्तरीय काम गर्न राजनीतिमा आएको बताउनुभएको छ ।

भरतपुर क्षेत्रमा चुनाबी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले सो कुरा बोल्नुभएको हो । मंसिर-४ पछि किसानको खेतमा मल र बीउसहित हलो बोकेर आउने उहाँको भनाई थियो ।

त्यसैगरी चितवनका झुपडीलाई पक्की बनाउने प्रतिबद्धता जनाउँदै उहाँले सुकुम्बासीहरुलाई लालपूर्जा बाँड्ने जिकिर गर्नुभयो । निर्वाचनमा पराजित भइहालेको खण्डमा पनि सधैं जनताकै साथमा रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
