

चितवन । देशैभर चासोका साथ हेरिएको चितवन क्षेत्र नं. ३ मा रवि लामिछानेले अग्रता लिनुभएको छ ।

पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति समेत रहनुभएका लामिछानेले ४००७ मत पाउनुभएको छ । यस्तै एमालेका कृष्णभक्त पोखरेलले ३८७९ र काँग्रेसका उमेश श्रेष्ठले ३४१० मत प्राप्त गर्नुभएको छ ।

चितवनको एकमात्र गाउँपालिका रहेको ईच्छाकामनाबाट सुरुवात भएको मतगणनाको प्रारम्भमा तेश्रो स्थानमा रहनुभएका लामिछाने शहरी क्षेत्रहरुको मतगणना सुरु भएसंगै दाश्रो हुँदै अग्रस्थानमा उक्लनुभएको हो । मतगणना जारी रहेको छ ।
