देश-प्रदेश खबर पोष्ट

माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा राखिएको दानपेटिका फुटाई पैसा लुटपाट

चितवन । हालै नित्य पूजाअर्चना सुचारु भएको माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरको दानपेटिका फुटाई पैसा लुटिएको छ ।

गर्दी सामुदायिक पुस्तकालय नजिकै रहेको सो मन्दिरको ढोकामा राखिएको दानपेटिकालाई अपरिचित व्यक्ति(हरु?)ले मन्दिर पछाडि लगेर ढुंगाले हानी सिसा फुटालेर त्यसभित्र रहेको एक हजार बढी रुपैंया लुटपाट गरेका हुन् ।

बिहान ११ देखि मध्यान्ह १२ बजेको बिचमा सो घटना भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पण्डित रामजी सापकोटाले जानकारी दिनुभयो । मानिसहरुमा नैतिकता र इमानदारिता हराउँदै जाँदा मन्दिरको भेटी र दानपेटिका भित्रको पैसा पनि सुरक्षित नरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार