

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेलाई शपथग्रहणको बाटो खुला भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । रिट निवेदनमा, विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग रहेपनि इजलासले सो अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उहाँ नेपाली नागरिक नरहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता रहेको छ।
