

चितवन । शिक्षकहरुबिच मित्रता, चिनजान र सद्भाव अभिबृद्धिको उद्देश्यले कृष्णनगर माध्यमिक विद्यालयले माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजना गरेको छ ।

हरेक बर्ष सञ्चालन हुँदै आएको सो प्रतियोगितामा माडीका सार्वजनिक विद्यालयहरुमा कार्यरत पुरुष एवं महिला शिक्षकहरु सहभागी हुनेगरेका छन् ।

यसबर्ष पौष २८ र २९ गते विद्यालय प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुन लागेको विद्यालयका प्रधानाध्यापक हरि पहारीले जनाउनुभयो ।

साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुबिच पनि रमाइलो खेल सञ्चालनको तयारी रहेको प्रधानाध्यापक पहारीले बताउनुभयो । प्रतियोगिता आयोजनाको तयारी तीब्र पारिएको उहाँले जानकारी दिनुभयो ।
(फाइल फोटो: दिवाकर स्मृति विद्यालयमा गतबर्ष सञ्चालित मैत्रीपूर्ण भलिबलको पुरुषतर्फको फाइनल)