देश-प्रदेश खबर पोष्ट

एनआरएन जापान, नागोया क्षेत्रीय सचिव पदका लागि माडीका युवा भैरव अधिकारीको उम्मेदवारी

माडी, चितवन । गैरआवासीय नेपाली संघ जापान, नागोया क्षेत्रीय समितिको सचिव पदका लागि माडीका युवा भैरव अधिकारीले उम्मेदवारी दिनुभएको छ ।

विगत एक दशकदेखि जापानमा रही गैरआवासीय नेपाली संघ जापानको अभियानमा जोडिनुभएका माडी-८, दक्षिण अयोध्यापुरीका युवा अगुवा अधिकारीले सन् २०२३ देखि २०२५ कार्यकालको लागि नागोया क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिनुभएको हो ।

सामाजिक सेवामा ऐक्यबद्धता, एनआरएन अभियानमा निरन्तरता, संस्थाको अपनत्वमा सहभागिता भन्ने नारासहित चुनाबी स्पर्धामा रहेको अधिकारीले बताउनुभयो ।

नेपालमा रहँदा शिक्षण सेवामा आवद्ध रहनुभएका उहाँ स्थानीय सामाजिक संघसंस्था, सामुदायिक वन एवं आमसञ्चार क्षेत्रमा समेत निरन्तर सक्रिय रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार