देश-प्रदेश खबर पोष्ट

माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारद्वारा ३ करोड रुपैंया विनियोजित

माडीका दुई स्थानको सडक कालोपत्रेका लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैंया बजेट विनियोजन गरेको छ ।

माडी-६, जनकल्याण माध्यमिक विद्यालयबाट मिलनचोक हुँदै माडी क्याम्पस अगाडिको सडक कालोपत्रेका लागि रु. १ करोड ५० लाख बजेट विनियोजन भएको हो ।

त्यसैगरी, माडी ७ वडा कार्यालयबाट कल्याणपुर हुँदै कृष्ण मन्दिर जाने सडक कालोपत्रेका लागि समान १ करोड ५० लाख रुपैंया बजेट विनियोजन भएको माडी नगरप्रमुखको सचिवालयले जनाएको हो ।

रकम विनियोजनका लागि सहजिकरण गर्नुहुने प्रदेश सांसद माननीय ठाकुर प्रसाद ढकालप्रति नगरपालिकाले सामाजिक सञ्जालको पोष्टमार्फत आभार व्यक्त समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार