देश-प्रदेश खबर पोष्ट

नेकपा (माओवादी केन्द्र) चितवनले तीन करोड बढी लगानीमा जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्ने

नेकपा (माओवादी केन्द्र) चितवनले तीन करोड बढी लगानीमा जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ ।

माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय कृष्णपुरमा भवन निर्माण तयारीबारे आयोजना गरेको भेलामा भवन निर्माणको डिजाइन र तयारीबारे जानकारी गराएको हो ।

तीनदेखि पाँच करोडको लगानीमा अत्यधुनिक भवन बनाउन लागिएको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र (आरसी) अधिकारीले बताउनुभयो । जनश्रमदान र जनसहभागितामा भवन निर्माण गरिने तथा आउँदो एक महिनाभित्र यसको शिलान्यास गरिने उहाँले जनाउनुभयो

तपाईको प्रतिक्रिया