देश-प्रदेश खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडक सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने

चितवन राष्ट्रिय निकुञ्जभित्र राप्तीदेखि रीउ नदीको पुलसम्मको सुबिधा प्राप्त हुलाकी सडक भरतपुरस्थित सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने भएको छ ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतो र नगर उपप्रमुख खेमप्रसाद महतो लगायतसंग बनकट्टा पुलमा प्रारम्भीक छलफल र त्यसपश्चात माडी नगर कार्यपालिका कार्यालयमा भएको परामर्श भेटमा सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख सिनियर डिभिजन ईन्जिनियर रमेश प्रसाद पौडेलले सो प्रतिबद्धता जनाउनुभएको हो ।

माडी नगरपालिकाको अनुरोध पश्चात निकुञ्ज भित्रको बाटो अनुगमनमा आउनुभएका ईन्जिनियर पौडेलले आउँदो आइतबारदेखि मर्मत कार्य सुरुवात गर्ने बताउनुभयो ।

निकुञ्ज भित्रको सडक कालोपत्रे नहुँदासम्म हरेक बर्ष बर्षायाम अगाडि र दशैं पर्व अगाडि गरी दुईपटक माडी नगरपालिकासंगको समन्वय र सहकार्यमा सडक डिभिजन कार्यालय भरतपुरले बाटो मर्मत गर्ने ईञ्जिनियर पौडेलको भनाई थियो ।

यसअघि, माडी नगरपालिकाले आफ्ना निर्माण साधनहरु पठाई गत सोमबारदेखि निकुञ्जभित्रको बाटोमा परेको खाल्डाखुल्डी मर्मत सुरु गरेको थियो । तर सो कार्य सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गर्ने भएसंगै आइतबारसम्म रोकिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार