देश-प्रदेश खबर पोष्ट

साइड फिलिङ कार्य पुरा भएसंगै माडीको बाँदरमुढे खोला पुलबाट सवारी साधन सञ्चालनमा

साइड फिलिङ कार्य पुरा भएसंगै माडीको बाँदरमुढे खोला पुलबाट सवारी साधन सञ्चालनमा आएको छ ।

बुधबार पुलको दुबैतर्फ ग्राभेल फिलिङ पुरा गरी बिहीबार (आज) बिहानबाट पुलमाथिबाट सवारी चल्न सुरु भएको पुल निर्माणका जिम्मेवार व्यक्ति मोहन बहादुर अधिकारीले बताउनुभयो ।

माडी नगरपालिका वडा नं. ६ मा बाँदरमुढे स्मारकसंगै रहेको २५ मिटर लम्बाइको सो दुईतर्फी पुल २०७६ मंसिर २० गते शिलान्यास भई निर्माण सुरु भएको थियो ।

पुल निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा सकिएको चार बर्षपछि पुलमाथिबाट सवारी चल्न सुरु भएको हो । पुलमाथि कालोपत्रे र अन्य केहि कामहरु भने बाँकी नै रहेको छ ।

बाँदरमुढे खोलामा पुल नहुँदा हरेक बर्ष, विशेषतः बर्षायाममा यातायात सेवा अवरुद्ध हुनेगरेको थियो । पुल निर्माण अधुरो हुँदा लामो समयदेखि डाइभर्सन बाटो प्रयोगमा रहेको थियो ।

तपाईको प्रतिक्रिया