देश-प्रदेश खबर पोष्ट

माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन सहयोगार्थ नगद अनुदान दिने

चितवन । माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन अनुदान स्वरूप प्रतिसंस्था एक लाख पचास हजार रुपैंया उपलब्ध गराउने भएको छ ।

माडी नगरपालिकामा कर्मचारीहरु एवं (पूर्व) जनप्रतिनिधीहरुबाट रकम संकलन गरी दुई बर्षअघि किनिएका दुईवटा र हालै भारतीय राजदुतावासले प्रदान गरेको एक सहित ३ वटा एम्बुलेन्स रहेका छन् ।

नगर कार्यपालिकाको बैठकले हनुमानझुलामा सञ्चालित एम्बुलेन्स आधारभुत स्वास्थ्य केन्द्र हनुमानभुला, हाल बघौंडा अस्पतालमा सञ्चालित एम्बुलेन्स बघौंडा अस्पताल तथा भारतीय दुतावासवाट अनुदान प्राप्त एम्बुलेन्स अयोध्यापुरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने औपचारिक निर्णय गरेको हो ।

एम्बुलेन्स चालकको पारिश्रमिक, इन्धन खर्च तथा मर्मत खर्च सोही एम्बुलेन्सको आम्दानीवाट सम्बन्धित स्वास्थ्य संस्थाले बेहोर्ने र नगरपालिकाले हालको लागि प्रति संस्था रु एक लाख पचास हजारका दरले सञ्चालन अनुदान सम्बन्धित संस्थालाई प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार