

चितवन । धादिङको गजुरी-२ चालिसे भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार (आज) बिहान करीब ११ः१५ बजे सडकबाट करिब ४० मिटर तल बाढीग्रस्त त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनास्थलबाट उद्धार गरिएका अन्य ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । (फोटो: सामाजिक सञ्जाल)

— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार दिउँसो १२:४९ मा अध्यावधिक