चितवन खबर पोष्ट

एमालेको चितवन जिल्ला कमिटि बैठकले माडी नगरका ९ वटै वडाहरुमा ईञ्चार्जको जिम्मेवारी तोक्यो

७ असार, माडी । नेकपा एमालेको चितवन जिल्ला कमिटि बैठकले माडी नगरका ९ वटै वडाहरुमा ईञ्चार्जको जिम्मेवारी तोकेको छ ।

जिल्ला समिति बैठकले जिल्लाका ९८ वटै वडा र ३ वटा विशेष इकाईका ईञ्चार्जहरु तोक्ने क्रममा (जिल्ला सदस्यहरु मध्येबाट) माडीका लागि समेत वडा ईञ्चार्जहरुको जिम्मेवारी तोकेको हो ।

यस अनुसार माडी १ ईञ्चार्जमा सीता तिमिल्सिना, वडा २ ईञ्चार्जमा माडी नगरप्रमुख समेत रहनुभएका ताराकुमारी काजी महतो, वडा नं. ३ मा कमल रामदाम र वडा नं. ४ ईञ्चार्जमा सरोज शाह रहनुभएको छ ।

त्यस्तै, वडा ५ ईञ्जार्चमा नारायण पौडेल, वडा ६ मा पूणर्कला सुनार, वडा ७ मा बिष्णु आचार्य, वडा ८ मा श्रीप्रसाद दवाडी र वडा नं. ९ (हनुमानझुला ईकाई सहित) ईञ्चार्जमा शिवहरी सुवेदी चयन हुनुभएको एमाले जिल्ला कार्यालयले जनाएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार