

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

मर्मतको लागि पोखराका निम्ति उडान भरेको सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ः१५ मिनेटमा दुर्घटनामा परेको हो ।

जहाजमा रहेका १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले अध्यावधिक गरेको छ । दुर्घटनाग्रस्त जहाजका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको भने जीवित तर घाइते अवस्थामा उद्धार भइ हाल उपचार भइरहेको छ ।

दुर्घटनामा परेको विमानमा सवार सबैजसो एयरलाइन्स कम्पनीका कर्मचारीहरु नै रहेका थिए । घटनास्थलबाट निकालिएका शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।