माडी (स्थानीय) खबर पोष्ट

६० दिनभित्र सम्पत्ती विवरण बुझाउन सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई माडी नगरको सुचना

श्रावण १२, चितवन । माडी नगरपालिकाले ६० दिनभित्र सम्पत्ती विवरण बुझाउन नगरका सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई सुचना गरेको छ ।

नगरपालिकाले एक सुचना प्रकाशन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जननिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित सबै प्रतिनिधिहरु एवं अस्थायी, करार, राहत, ज्यालादारी र डोर हाजिरी समेतमा कार्यरत कर्मचारी/शिक्षकहरु तथा स्थायी कर्मचारीहरुको सम्पत्ती विवरण मागेको हो ।

यस अनुसार जनप्रतिनिधि तथा कर्मचारीहरुले आउँदो भदौ २८ गतेभित्र आफू वा आफ्नो परिवारको नाममा रहेको सम्पतिको अद्यावधिक विवरण खामबन्द गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष बुझाउनु पर्नेछ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६०(साठी) दिन भित्र आफनो वा आफूनो परिवारकों नाममा रहेको सम्पतिको श्रोत वा निस्सा सहितको अद्यावधिक विवरण बुझाउनै पर्ने बाध्यकारी व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार