चितवन खबर पोष्ट

त्रिशूलीको बाढीमा बगेको बस नभेटिँदै फर्कियो गोताखोर सहितको भारतीय टोली

१३ श्रावण, चितवन । नारायणगढ मुग्लिङ सडक अन्तरगत सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बगेको बस नभेटिँदै भारतीय टोली फर्किएको छ ।

लगातार ८ दिनसम्म सोनार क्यामेरा र अन्य आधुनिक प्रविधिसहितको १२ सदस्यीय भारतीय गोताखोरको टोलीले व्यापक खोजी गरेपनि बेपत्ता बस नभेटिएसंगै फकिर्एको हो । बाढीग्रस्त र पानीको बहाव उच्च रहेको त्रिशूली नदीमा भारतीय टोलीले ल्याएको चुम्बक समेत हराएको छ ।

भारतीय टोली फर्किएपनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब द्रूत र सघन नभई दोश्रो चरणको खोज र उद्धार कार्य गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सिमलताल दुर्घटनामा माडीका युवा फोटोग्राफर विकास परियार र भरतपुर (सारदानगर)का फोटोग्राफर सुदीप बि.क. समेत परेका थिए । दुर्घटनामा कम्तिमा ६२ यात्रु नदीमा डुबेकोमा २४ जनाको मात्रै शव भेटिएको छ । तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार