अपराध खबर पोष्ट

सामुहिक बलात्कारको अभियोगमा, माडीमा प्राविधिक बिषय अध्ययनरत तीनजना विद्यार्थीहरु पक्राउ

१७ श्रावण, चितवन । सामुहिक बलात्कारको अभियोगमा माडीमा प्राविधिक बिषय अध्ययनरत तीनजना विद्यार्थीहरु पक्राउ परेका छन् ।

माडी-७, कीर्तनपुरमा मानसिक सन्तुलन ठीक नभएकी २७ बर्षीया एक महिलालाई सामुहिक करणी गरेको आरोपमा तीनजना विद्यार्थीहरु पक्राउ परेको प्रहरी श्रोतले जनाएको हो । पक्राउ परेकाहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चलान भएका छन् ।

पक्राउ पर्नेमा सर्लाही निवासी १८ बर्ष उमेर पुगेका उमेश महतो सहित सोभन्दा कम उमेरका २ जना विद्यार्थीहरु रहेका छन् । साथीको जन्मदिन मनाई घर फर्किने क्रममा राती सो घटना भएको बझिएको हो ।

तपाईको प्रतिक्रिया