

चितवन । माडीको हरिनगर गाउँस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको प्राचार्य पदमा राजन नेपालीले पदभार ग्रहण गर्नुभएको छ ।

चितवनबासी समेत रहनुभएका नेपालीले शिक्षालय प्रमुखका रुपमा बुधबार पदभार ग्रहण गर्नुभएको हो । उहाँ यसअघि धैलागीरि बहुप्राविधिक शिक्षालय, बलेवा, बाग्लुङ्गको प्राचार्यको जिम्मेवारीमा रहनुभएको थियो ।

यसअघिका शिक्षालय प्रमुख (प्राचार्य) रहनुभएका उपेन्द्र पोखरेलको सि.टि.ई.भि.टी. परीक्षा नियन्त्रक कार्यालयको उपनियन्त्रक पदका लागि काठमाडौंमा सरुवा भएको छ । शिक्षालयमा बुधबार एक कार्यक्रमबिच पोखरेलको बिदाई र नयाँ प्राचार्यको स्वागत गरिएको थियो ।
