

चितवन । दुई दिनदेखि हराइरहेका एक बृद्ध माडी-२, चिरौलीमा मृत अवस्थामा भेटिएका छन् ।

माडी-४, सिधुवा निवासी अन्दाजी बर्ष ७५-८० का मान बहादुर भुजेल चिरौलीस्थित बगैंचा टोलमा मृत भेटिनुभएको हो । जितिया कार्यक्रम हेर्न भनी असोज ५ गते घरबाट निक्लनुभएका उहाँ सोही दिनदेखि हराइरहेकोमा सोमबार (आज) शव भेटिएको हो ।

दुई दिन अघि नै मृत भएको जस्तो देखिने र चर्को घामका कारण छाला डढेको अवस्थामा शव फेला परेको हो । फेला परेको शवको निजको परिवार (छोराहरु)ले सनाखत गरिसकेको माडी प्रहरीले जनाएको छ ।
