माडी (स्थानीय) खबर पोष्ट

दशैं पर्वको अवसरमा स्वदेश एफ.एम.द्वारा आयोजित खुला नृत्य प्रतियोगितामा बस्याल प्रथम

चितवन । दशैं पर्वको अवसर पारी माडीको बसन्तपुरमा सञ्चालित खुला नृत्य प्रतियोगितामा शिरिषा बस्याल प्रथम हुनुभएको छ ।

स्वदेश एफ.एम.को आयोजना र माडी कला, साहित्य एवं साँस्कृतिक मञ्चको सह-आयोजनामा सञ्चाललित गोल्डन एमिनेन्ट ओपन फेस्टिभ डान्स कन्टेस्टमा नेपाली परम्परागत नृत्य प्रस्तुत गर्नुभएका बस्याल प्रथम हुनुभएको हो । प्रतियोगितामा खुसी खड्का दोश्रो, करुणा सेञ्चुरी सेञ्चुरी तेश्रो र साबित्रा सुनारले चौथो (सान्त्वना) स्थान हासिल गर्नुभयो । प्रतियोगितामा १३ देखि २४ बर्ष उमेर समूहका १५ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम अवलोकनका लागि माडीका विभिन्न स्थानबाट उल्लेख्य संख्यामा दर्शकहरु सहभागी रहेका थिए । गोल्डेन इमिनेन्ट इन्टरनेशनलको मुख्य सौजन्यमा सम्पन्न कार्यक्रममा जि.सी. इलेक्ट्रोनिक्स, चितवन वातासिनो एब्रोड एजुकेशन कन्सल्टेन्सी, नारायणी सामुदायिक हस्पिटल, पुष्पाञ्जली हस्पिटल, मौलाकालिका हस्पिटल, निको बाल अस्पताल, ओखती साबुन (जयकाली जडिबुटी उद्योग प्रा.लि.), युरो मोटर्स, ट्वन्टीवान ग्रुप लगायतको सहकार्य रहेको थियो ।

तपाईको प्रतिक्रिया