कृषि र कृषक पोष्ट

‘पूर्ण सिंचित माडी’को योजना अन्तरगत माडी नगरमा ६७ किलामिटर बढी भूमिगत पाइपलाइनिङ

चितवन । ‘पूर्ण सिंचित माडी’को योजना अन्तरगत भूमिगत पाइप लाइनिङ कार्यक्रमलाई प्राथमिकता दिएको माडी नगरपालिकाले हालसम्म ६७ किलामिटर बढी पाइपलाइनिङ गरेको छ ।

पछिल्लो चार बर्षदेखि निरन्तर भूमिगत पाइप पाइनिङ कार्यक्रम सञ्चालन रहेकोमा नगरपालिकाको कृषि शाखाबाट हालसम्म ६७ किलोमिटर पाइपलाइनिङ गरिएको र यसबाट करीब ९०० बिगाहा जमीनमा सिंचाई सुबिधा बिस्तार भएको शाखा प्रमुख किरण उपाध्यायले जनाउनुभयो ।

संघ र प्रदेश सरकारबाट पनि माडी नगर क्षेत्रमा दर्जनौं भूमिगत पाइपलाइनिङको योजना सञ्चालन भएको जानकारी दिँदै शाखा प्रमुख उपाध्यायले माडी नगरपालिकाले यसबर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

यसबर्ष, भूमिगत डिप बोरिङ्ग सञ्चालन भई हालसम्म पाइपलाइनिङ नभएका स्थानका लागि माडी नगरले बोरिङ्गबाट पाइप लाइनिङ कार्यक्रम अगाडि बढाएको हो । यस कार्यक्रमका लागि लागतको ९० प्रतिशत अनुदान दिइनेगरी ४० लाख रुपैंया बजेट रहेको शाखा प्रमुख उपाध्यायले जनाउनुभयो ।

भूमिगत पाइप लाइनिङ कार्यक्रम अन्तरगत गत आर्थिक बर्ष २०८०/८१ को अवधीमा मात्रै ८.३२ किलोमिटर कार्यान्वयन भएको तथा आर.सि.सी. कुलो लाइनिङ ९०० मिटर निर्माण सम्पन्न भएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । यसबाहेक सो आ.व.मा साना सिंचाई कार्यक्रम अन्तरगत २ ईञ्च बोरिङ्ग ९७ वटा निर्माण भएको पनि उहाँले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार