चितवन खबर पोष्ट

पूर्वी चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

हिरासत कक्षमा रहेका अपराधिक लाभ कसुर मुद्दाका थुनुवा मृत भेटिएको हो । कात्तिक १ गते ५ दिनको म्याद थप गरिएका रत्ननगर-१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा भेटिएको जनाइएको छ ।

घोप्टो परेको अवस्थामा भेटेपछि उठाउँदा नउठेकोले उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा विहान ६ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । क्यामोदिनको शव भरतपुर अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया