कृषि र कृषक पोष्ट

थ्रेसर लगाउँदा फालिने पराल बिजुलीको तारमा नपार्न ने. वि. प्रा. चनौली वितरण केन्द्रको अनुरोध

चितवन । धान दाउन थ्रेसर लगाउँदा फालिएको पराल बिजुलीको तार र पोलमा नपर्नेगरी लगाउन नेपाल विध्युत प्राधिकरण चनौली वितरण केन्द्रले अनुरोध गरेको छ ।

थ्रेसर लगाउँदा फालिएको पराल बिजुलीको तारमा पर्दा पटक पटक बिजुली ट्रिप (अवरुद्ध) हुनेगरेकाले तारमा पर्ने वा छोइनेगरी पराल नफाल्न प्राधिकरणले सबै किसान र ट्रयाक्टर व्यवसायीहरुमा अनुरोध गरेको हो ।

पछिल्लो समय पटक पटक बिजुली अवरुद्ध हुनेगरेको गुनासोबिच प्राधिकरणको चनौली वितरण केन्द्रले सो अनुरोध सार्वजनिक गरेको छ । बिजुलीको तारमा परेको परालका कारण सर्टसर्किट हुनगई बिजुली ट्रिप (बन्द) हुनेगर्छ । त्यसैगरी बिजुलीको तारसंगै रहने अप्टिकल फाइबर तारमा समेत क्षती पुगी इन्टरनेट सेवा समेत अवरूद्ध हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया