चितवन खबर पोष्ट

माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि (पूर्ण नामावली र सूचिसहित)

माडी, चितवन । माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । गरिबीको रेखामुनी रहेकामध्ये आधाभन्दा बढी (७३९ घरपरिवार) वडा नं. ९ मा र सबैभन्दा कम (११ घरपरिवार) वडा नं. ५ मा बसोबास गर्नेगरेको तथ्यांकमा उल्लेख छ ।

नगर कार्यपालिकाले सार्वजनिक गरेको विवरण अनुसार वडा नं. १मा २६, वडा नं. २मा ११३, वडा नं. ३मा ३६, वडा नं. ४मा ९२, वडा नं. ६मा ४०, वडा नं. ७मा १२४ र वडा नं. ८मा ८८ घरपरिवार गरिबीको रेखामुनी रहेका छन् । तथ्यांकमा उनीहरुलाई पनि अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर थप वर्गिकरण समेत गरिएको छ ।

२०७८ सालदेखि माडी नगरपालिकाका ९ वटा वडामा ८ जना गणक र १ जना सुपरिवेक्षकले परिवारको आम्दानी, खर्च, आर्थिक अवस्था लगायत विषयमा केन्द्रित घरधुरी सर्वेक्षण गरी सो तथ्यांक सार्वजनिक गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकारी प्रवीण भण्डारीले जनाउनुभयो ।

यस सूचीमा परेका परिवारहरूलाई सरकारले परिचयपत्र वितरणसँगै राज्यबाट पाउने सेवासुविधामा उच्च प्राथमिकतामा राख्ने भन्दै माडी नगरप्रमुख ताराकुमारी काजी महतोले गरिब परिवार लक्षित कार्यक्रमहरू बनाउन यो तथ्याङ्कले सघाउने बताउनुभयो ।

प्रारम्भिक सूचीमा परेका गरिबहरूलाई नाम सच्याउन र विवरण समावेश गर्न नगरपालिकाले १५ दिनको सूचनासमेत प्रकाशन गरेको छ । गरिबीको रेखामुनि रहेका घरपरिवारहरूको नामावली सहित पूर्ण विवरणको सुचि यसप्रकार रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार