माडी (स्थानीय) खबर पोष्ट

माडीका शिक्षक एवं मोडल सारिका महतो मिसेस हिमालयन नेपाल २०२४को फर्स्ट रनरअप

माडीका शिक्षक एवं मोडल सारिका महतो हिमालयन मुभिजद्वारा आयोजित मिसेस हिमालयन नेपाल २०२४को फर्स्ट रनरअप हुन सफल हुनुभएको छ ।

माडी-३, इनारबरूवा निवासी महतो शनिवार अपरान्ह काठमाडौंस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो सौन्दर्य प्रतियोगितामा दोश्रो (फर्स्ट रनर अप) स्थान पाउन सफल हुनुभएको हो ।

विवाहित महिलाहरुको सहभागिता रहेको सो प्रतियोगितामा महतोले मोस्ट कन्फिडेन्ट अवार्ड समेत पाउनुभयो । माडीको पिसल्याण्ड इङ्गलिस स्कुलमा शिक्षण गर्नुभएका उहाँ हाल काठमाडौंस्थित सुभयुग सेकेण्डरी स्कुलमा शिक्षण गर्नुहुन्छ ।

प्रतियोगिताको विजेता भने काठमाडौं थलीकी सौन्दर्यकर्मी कविता विशुंखे बनेकी छिन् । विवाहित महिलाहरुको सौन्दर्यता र बौद्धिकता विकास गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्दै आएको आयोजक हिमालय मुभिजले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार