

माडी, चितवन । क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेसंगै रक्तक्यान्सर पीडित भूपराज पाठकको स्वास्थ्य अवस्था जटील बनेको छ ।

भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा ब्लड क्सान्सरको उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको छ ।

पहिलो किमोथेरापीपछि स्वास्थ्य अवस्था खासै सुध्रन नसकेकोमा क्षयरोगको औषधी सुरु भएसंगै सुरुमा उहाँको स्वास्थ्यमा केहि सुधार देखिएको थियो । तर आइतबारदेखि स्वास्थ्य अवस्था स्थिर बनेको उहाँको उपचारमा लंलग्न परिवार सदस्य (सहोदर दाजु) बिपिन पाठकले बताउनुभयो ।

सोमबार एम.आर.आई. गरिएको र त्यसको रिपोर्ट अनुसार मष्तिष्कमा समेत समस्या देखाएको उहाँले जानकारी दिनुभयो । हाल अस्पतालले सघन उपचार कक्षमा राखी पाठकको उपचार गरिरहेको छ । पाठकमा Acute Lymphoblastic Leukemia (ALL) रक्तक्यान्सर पहिचान भएको अस्पतालले जनाएको हो ।