माडी (स्थानीय) खबर पोष्ट

शहीद दिवसको सन्दर्भमा माडी जेसिजद्वारा शहीदको स्मरण गर्दै माडीमा दीप प्रज्वलित

माडी, चितवन । राजनीतिक व्यवस्था परिवर्तन र स्वतन्त्रताको मागमा ज्यानको आहुति दिने शहीदको स्मरण गर्दै माडीमा दीप प्रज्वलन गरिएको छ ।

शहीद दिवसको सन्दर्भमा माडी जेसिजको आयोजनामा बसन्तपुर बजारस्थित शहीद चोकस्थित शहीद स्तम्भमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा माडी जेसिजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

नेपालमा प्रजातन्त्र स्थापना एवं पुनःर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झना सम्झना एवं सम्मानमा मौनधारण गर्दै दीप प्रज्वलन गरिएको माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाटले बताउनुभयो ।

जहानियाँ राणा शासनको अन्त्यको मागसहित वि.सं. १९९७ मा प्राण आहुति दिएका धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सम्झनामा हरेक वर्ष माघ १६ गते दिवस मनाइन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार