चितवन खबर पोष्ट

नेकपा (माओवादी केन्द्र)को माडी नगर पदाधिकारीमा लामो रस्साकस्सी र विवादपछि अन्तिममा सर्बसम्मति

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिको अध्यक्ष सहित कूल ७ जनाको पदाधिकारीमा सर्बसम्मत पदाधिकारी चयन भएको देखिएपनि यसबिचको एक महिना लामो रस्साकस्सीमय अवधीमा नेताहरुबिच राम्रैसंग समूह विभाजन देखापर्यो ।

नगर सम्मेलनले अध्यक्षमा भरत तिमिल्सिना तथा उपाध्यक्षहरुमा निलकण्ठ काफ्‌ले, मुक्ति काफ्‌ले र रामनारायण महतो, सचिवमा घनश्याम दवाडी, सहसचिवमा रामबाबु बि.क. र कोषाध्यक्षमा बुद्धिसरा बि.क.लाई चयन गरेको छ ।

गत पौष १९ गते सम्पन्न नगर अधिवेशनले हरेक वडाहरुबाट छनौट भएका प्रतिनिधिहरु मध्येबाट बहसकै बिच ५५ जना नगर सदस्य चयन गरेको थियो । नगर सदस्य चुनिएका ५५ जनामध्येबाट भने निकै लामो रस्साकस्सी, विवाद र बहसबिच नयाँ कार्यसमिति चयन भएको हो ।

नगर अध्यक्ष पदमा सुरुमा पूर्व अध्यक्ष प्रभुप्रसाद महतो र पछिसम्म पूर्व उपाध्यक्ष सन्तोष पनेरुसमेत आकंक्षी रहनुभएको थियो । अध्यक्ष पदको बहस पेचिलो बनेसंगै महतोले बिचमै दाबी छाड्नुभयो भने अन्तिम समयमा पनेरुले तिमिल्सिनालाई नै अध्यक्षमा समर्थन गर्नुभएको हो ।

त्यसैगरी, पदाधिकारी तहमा रामबन्धु पोखरेलको समेत दाबी रहेको थियो । यसबिच, नगर सदस्य चयन भएका १४ जनाको युवा समूहले युवा नेतृत्वको माग अगाडि सारेका थिए । करीब १ महिना अवधीभर एकपछि अर्को प्यानल प्रस्ताव हुँदै पार्टीका केन्द्रीय र प्रदेश तहका नेताहरुबिच निर्वाचनको बिकल्प समेत खुला राख्दै भएको बहस छलफलबाट अन्ततः पदाधिकारी तहमा सहमती जुटेको हो ।

तपाईको प्रतिक्रिया