

नेपाली काँग्रेसले माडी नगरपालिका एकलौटी रुपमा अगाडि बढेको तथा संग कुनै सरोकार नराखेको आरोप लगाएको छ ।

स्वदेश एफ.एम.को दैनिक बहसमुलक कार्यक्रम स्वदेश बहसमा कुराकानी गर्दै नेपाली काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले नगरपालिका एकलौटी रुपमा अगाडि बढिरहेको जिकिर गर्नुभएको हो । नगरपालिकाले सम्पन्न गरेका उपभोक्ता समितिहरुमा नेपाली काँग्रेस पक्षलाई कटौती गरिएकोमा काँग्रेसको ध्यानाकर्षण भएको उहाँको भनाई थियो ।

माडी नगरपालिकाले माडीका नदी तथा खोलाहरुमा गरेको तटबन्धनप्रति पनि काँग्रेसको असहमती रहेको उहाँको भनाई थियो । आफूहरुले माडीका अति जोखिम स्थान पहिचान गरी भरपर्दो तटबन्धन गर्न प्रस्ताव गरेको भएपनि नगरपालिकाले नसुनेको र त्यसको परिणाम यतिखेर खोलाहरुमा लगाइएको बाँध बगेकोे उहाँको आरोप छ । माडी नगरपालिकालाई अगाडि लैजाने बिषयमा काँग्रेस नेतृत्वमा परामर्श समिति बनेको भएपनि त्यसलाई वास्ता नगरिएको, नगरपालिकाको भवन निर्माणमा ध्यान नदिएको, सम्पन्न भएका योजनाहरुको सार्वजनिकीकरण नगरिएको उहाँले आरोप लगाउनुभयो ।
