माडी, चितवन — चितवन उद्योग संघ माडी समितिको अध्यक्षमा जिताराम महतो चयन हुनुभएको छ । आइतबार माडी भिलेज रिसोर्टमा सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट संस्थाका पूर्व सचिव एवं माडी हट बेकरी क्याफेका सञ्चालक समेत रहनुभएका महतो अध्यक्ष चयन हुनुभएको हो ।
त्यसैगरी उपाध्यक्षत्रयमा नारायणदत्त रिजाल (चाँदनी व्याग उद्योग), गोविन्द नेपाल (विश्वास फार्मेसी) र ताराचन महतो (रामराज्य राइस मिल) चयन हुनुभएको छ । सचिवको पदमा प्रजापति तिवारी (सामना ब्लक उद्योग) र कोषाध्यक्षमा सुमन खनाल (के.बि. कृषि तथा पशुपंक्षी फर्म)लाई जिम्मेवारी मिलेको छ ।

यसबाहेक सदस्यहरुमा मोहनराज पोखरेल (समीक्षा पोल्ट्री फर्म), गीता खनाल (बाराही कंक्रिट उद्योग), शोभाखर सुवेदी (भिजन प्रो. एग्रो फर्म), कौशिल्या देवी शाह (अञ्जना आइसक्रिम) र कृष्णमाया महतो (कृष्ण कटेज) रहनुभएको छ । यस्तै लेखा संयोजकमा चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोबिन्द प्रसाद पौडेल तथा सदस्यद्वयमा मोहन भण्डारी (एकान्तघर रिसोर्ट) र रामधनी गुप्ता (श्रीराम ईञ्जिनियरिङ वर्कशप) रहनुभएको छ ।

संस्थाका अध्यक्ष रमेश नेपाल (हाल निवर्तमान)को अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य र माडी नगरप्रमुख ताराकुमारी काजी महतो एवं चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा माडीका उद्योगीहरुको सहभागिता रहेको थियो ।

