देश-प्रदेश खबर पोष्ट

कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित स्थापित हिमालचुली नेचर फार्मस्टेको व्यवसायिक सेवा सुरू हुँदै

२५ मंसिर, माडी । कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित माडी–६, स्याउलीबासमा स्थापना भएको हिमालचुली नेचर फार्मस्टे व्यवसायिक सेवा थालनी गर्न होमिएको छ ।

आउँदो मंसिर २९ गते सोमबारबाट ३ दिनसम्म प्री-ओपनिङ कार्यक्रम आयोजना गरिएको फार्मस्टेका अध्यक्ष रश्मि पण्डितले बताउनुभयो । यस अवधिमा बसाइ तथा उपलब्ध सेवा–सुविधामा आगन्तुकहरूले आफूले चाहेको मूल्य स्वयं प्रस्ताव गर्न सक्ने PWYW (Pay What You Want) व्यवस्था रहेको उहाँले बताउनुभयो ।

करिब १० करोड रुपैयाँको लगानीमा डिलक्स कोठादेखि भिल्लासम्मका सुविधा रहनेगरी २० रोपनी क्षेत्रफलमा फैलिएको सो फार्मस्टेले माडीमा एग्रो–इकोलोजी, हरित वातावरण, स्थानीय उत्पादन, तरकारी खेती, पशुपालन लगायतका गतिविधिसहित अनुभवात्मक पर्यटनमा नयाँ मोड ल्याउने लक्ष्य राखेको फार्मस्टेका सञ्चालक ध्रुव अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया