भिडियो-पडकास्ट पोष्ट

माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेकपा एमालेका नगर सचिव कृष्णराज अधिकारीले ‘दुध संकलन केन्द्रमा किसानहरुले सही मुल्य पाउन नसकेको’ र ‘दुध किन्ने ग्राहकहरुले महंगो मुल्य तिर्नुपरेको’ औंल्याउनुभएको छ ।

कार्यक्रममा सुझाव र प्रश्न राख्दै अधिकारीले ‘बघौंडा अस्पतालमा उपचार सेवा सुधारिएपनि हाडजोर्नी र कान सम्बन्धी उपचारमा सुधार गर्नुपर्ने’ सुझाव दिनुभयो । ‘खानेपानीको समस्या हल गर्न पालिकाको टीम लागिरहेको’ औंल्याउँदै उहाँले न’गर क्षेत्रभरी खानेपानीको समस्या हल गर्न थप पहल गर्नुपर्ने’ बताउनुभयो ।

‘पालिकाले हनुमानझुलालाई विशेष ध्यान दिनुपर्ने’ विचार व्यक्त गर्दै माडी-८ का पूर्व वडाध्यक्ष समेत रहनुभएका अधिकारीले ‘जंगल नजिकका बस्तीमा जंगली जनावरबाट सुरक्षाका निम्ति सडक (उज्यालो) बत्ती जडान गर्न’ सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया