१० माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माडी नगर RAT समिति गठन भएको छ । माडी नगरपालिका वडा नं. ७ देवीकोटमा शनिवार सम्पन्न कार्यक्रममा अचित कार्कीको संयोजकत्वमा ३३ सदस्यीय RAT (Rapid Action Team) समिति गठन भएको हो ।
समितिको सह-संयोजकमा अनुप आचार्य र सचिवमा आर्यन थापा चयन हुनुभएको छ । रास्वपा माडी नगर सभापति नारायणदत्त रिजालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व सांसद तथा रास्वपाबाट चितवन क्षेत्र नं. ३ प्रतिनिधिसभा उम्मेदवार सोविता गौतम प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै उम्मेदवार गौतमले मुख्यतः कानुनी सुधार गरी समृद्धि हासिल गर्नु आफ्नो उद्देश्य रहेको र अब छिट्टै घरदैलो गर्दै आउने बताउनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले दैवीप्रकोप र निर्वाचन जस्ता विषेश परिस्थितिमा पार्टीको RAT समितिलाई परिचालन गर्ने नीति लिएको छ ।


