स्वदेशपोष्ट विशेष

निरन्तरकाे रेडियो फलोअपबाट इप्रका माडीमा ट्राफिक प्रहरी पोष्टिङ

ईलाका प्रहरी कार्यालय माडीले मादक पदार्थ सेवन, हेलमेट र सवारी चालक अनुमती पत्रलगायत कागजातहरुको चेकजाँच सुरु गरेको छ ।

विगत केहि समयदेखि बन्द रहेको सवारी मोटरसाइकल चेकजाँच विविध कारणबस बन्द रहेपनि बिहिबारदेखि माडीका विभिन्न स्थानमा निरन्तर छड्के चेकजाँच गर्ने साथै मादक पदार्थ सेवन गरि सवारी चलाउने, तिब्र गतिमा मोटरसाइकल चलाउने, हेलमेट नलगाई तथा लाइसेन्स ब्लुबुक साथमा नलिई मोटरसाईकल चलाउनेलाई ऐन बमोजिम कारबाही गर्ने प्रहरी नायब निरीक्षक अर्जुन प्रसाद भुषालले जानकारी दिनभुयो ।

माडीमा हेलमेट नलगाई मोटरसाइकल चलाउने, तिब्र गतिमा मोटरसाइकल चलाउने तथा दुईभन्दा बढि संख्यामा मोटरसाइकलमा यात्रा गर्नेहरुको संख्या वृद्धि भइरहेको अवस्थामा दुर्घटना निम्तन सक्ने खतरा बढेको भन्दै स्वदेश एफ.एम.ले समाचार, रिपोर्ट प्रसारण तथा यस विषयमा निरन्तर फलोअप गर्दै आइरहेको थियो । रेडियो फलोअप संगै इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निरन्तर समाचारमार्फत पहरेदारी गरिरहेसंगै इलाका प्रहरी कार्यालयमा ट्राफिक प्रहरी पोष्टिङ भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार