स्वदेशपोष्ट विशेष

एमाले उम्मेदवार थपलियाद्वारा आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकरराज थपलियाले आम नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल भरतपुर क्षेत्रको चुनावी अभियानमा रहनुभएका एमाले भरतपुर महानगर कमिटि अध्यक्ष थपलियाले चुनाबी घरदैलोका क्रममा सो कुरा बताउनुभएको हो ।

आफू भुइँमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै उहाँले जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या आफूले नजिकबाट बुझेको बताउनुभयो । “म न त नेताको छोरा हुँ, न त व्यापारीको छोरा हुँ। म आफैँ भुइँमान्छे भएकाले तल्लो तहका समुदायका समस्या मलाई थाहा छ,” उहाँले भन्नुभयो ।

बाटोघाटो तथा आधारभूत पूर्वाधारसँग सम्बन्धित समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उनहाँको प्रतिबद्धता छ । आफू कहिल्यै आत्तिएर वा मात्तिएर नहिँड्ने र सधैँ तपाईंहरूको साथमा रहने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया