२३ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकप्रसाद गुरूङले चुनावी अभियानका क्रममा आफू उमेरले जेठो भए पनि युवाजस्तै सक्रिय रूपमा हिँडडुल र प्रचारमा जुटिरहेको बताउनुभएको छ ।
भरतपुर क्षेत्रमा चुनाबी घरदैलोका क्रममा बोल्दै कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहनुभएका गुरूङले नेपाली कांग्रेसका १६५ क्षेत्रका उम्मेदवारमध्ये आफू उमेरका हिसाबले जेठो भए पनि “युवालाई अवसर दिनुपर्छ” भन्ने बहसबीच पार्टीले आफूलाई उम्मेदवार बनाएको जिकिर गर्नुभयो ।
गुरूङले चुनावी प्रतिस्पर्धामा रहेका मुख्यतः रास्वपाका सोविता गाैतम लगायतका उम्मेदवारहरूबाट विशेषगरी महिला अधिकारसँग सम्बन्धित विषयमा आएका केही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महिला मतदाताले सचेत भएर निर्णय गर्नुपर्ने धारणा समेत राख्नुभयो ।




