चितवन खबर पोष्ट

माडी नगरपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ भोलि, सुझाव र प्रश्न पठाउन आग्रह

सूचना || माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष २०८२/८३ को तेश्रो चौमासिक तथा बार्षिक अवधीको सार्वजनिक सुनुवाइ कार्यक्रम स्वदेश एफ.एम.को सहजिकरणमा नगर कार्यपालिका कार्यालय परिसर, बसन्तपुरमा भोलि असार ३२ गते बिहीबार (आ.व.को अन्तिम दिन) बिहान ठीक १०:०० बजेदेखि सञ्चालन हुँदैछ ।

कार्यक्रममा सहभागिताका लागि समस्त नगरबासी र सरोकारवालाहरुमा हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछौं । भौतिक रुपमा सहभागी हुन असमर्थ नगरबासी र सरोकारवालाहरुलाई यसै स्टाटसमा टिप्पणी (कमेन्ट) पोष्ट गर्नुभई आ-आफ्ना सुझाव, प्रश्न वा जिज्ञासाहरु राखिदिनुहुन अनुरोध छ । बिहिबार (भोलि) बिहान ०८:३० बजेसम्म प्राप्त र सुनुवाइमा नउठेका टिप्पणी (कमेन्ट)हरुलाई सार्वजनिक सुनुवाईमा समावेश गरिनेछ ।

तपाईको प्रतिक्रिया