चितवन, ३१ असार २०८३ — माडीको बसन्तपुर बजारस्थित विश्वास फार्मेसी तथा विशेक क्लिनिकका सञ्चालक गोविन्द नेपाल र बिनु नेपाल दम्पतीले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा माडीका सबै सामुदायिक स्वास्थ्य संस्थालाई नेबुलाइजर मेसिन हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ।
दम्पतीले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै ‘जनतासंग स्वास्थ्यकर्मी अभियान’ अन्तरगत बघाैंडा अस्पताल बाहेकका माडीका अन्य सबै सामुदायिक स्वास्थ्य संस्थाहरूका लागि आवश्यक नेबुलाइजर मेसिन उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
वैवाहिक वर्षगाँठलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी समाजप्रति योगदान गर्ने अवसरका रूपमा मनाउने सोचका साथ उक्त सहयोग घोषणा गरेको निजी क्षेत्रबाट माडीमा २ दशकबढी स्वास्थ्य सेवा प्रदान गर्नुभएका नेपालले बताउनुभयो।

नेबुलाइजर मेसिनले श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस सहयोगबाट माडीका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रवाहमा थप सहज हुने अपेक्षा गरिएको छ।



