चितवन, ३१ असार २०८३ — माडी नगरपालिका–१ बरुवाका तीन जना युवाले माडी–४ सिधुवा चोकस्थित बाघको मूर्ति तथा आसपासको क्षेत्रमा सरसफाइ गरेका छन्।
बरुवाका निशान पगेनी, भरत ढकाल र सूर्य पाठकले सामूहिक रूपमा बाघको मूर्ति वरपर बढेका झाडी तथा फोहोर सफा गर्दै सार्वजनिक स्थललाई व्यवस्थित बनाएका हुन्।
अभियानका अभियान्ता तथा स्वदेशकर्मी निशान पगेनीका अनुसार गाउँ–समुदायमा रहेका आकर्षणका केन्द्र तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले सरसफाइ गरिएको हो।

उनले सार्वजनिक सम्पत्तिको संरक्षण सरकार वा स्थानीय तहको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।



