चितवन खबर पोष्ट

बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त

चितवन, २९ असार २०८३ — माडीको बसन्तपुरस्थित बघौडा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डेण्टल सर्जन डा. राजकुमार पन्त नियुक्त हुनुभएको छ ।

विगत पाँच बर्षदेखि बघौंडा अस्पतालमा डेण्टल सर्जन रहनुभएका काभ्रे निवासी डा. पन्तले भरतपुरस्थित चितवन मेडिकल कलेजबाट बि.डि.एस. तथा लण्डनबाट बिजनेश स्ट्राटेजीमा स्नातकोत्तर गर्नुभएको छ ।

डा. पन्तले अस्पतालको नेतृत्व सम्हाल्दै गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउनुभयो । अस्पतालको सेवा व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै बिरामीमैत्री वातावरण निर्माण, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समग्र सेवा सुधारमा जोड दिने उहाँको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया