

माडीमा सुविधासम्पन्न रिसोर्टहरुको संख्या बढ्दै गएसंगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई ध्यानमा राखि पछिल्लो समय माडीमा सुविधायुक्त होटल तथा रिसोर्टहरु सञ्चालनमा आउन तालेका छन् । जसकारण माडीको विभिन्न पर्यटकिय क्षेत्रहरु अवलोकन गर्न आउने पर्यटकहरुलाई माडीको बसाईंमा सहजता हुन थालेको छ । पर्यटकहरुको चाहनाअनुरुप सुविधायुक्त कोठा, स्थानिय परिकार साथै स्वच्छ तथा शान्त वातावरणमा होटल तथा रिसोर्टहरु सञ्चालनमा आएपछि माडीमा पर्यटकहरुको आगमन पनि बढ्दै गइरहेको छ ।

पूर्वी माडीको कृष्णनगरमा शान्त घर रिसोर्ट सञ्चालनमा रहेको छ, जसले विदेशी पर्यटकहरुलाई सेवा दिँदै आइरहेको छ । त्यसैगरी माडी नगरपालीका–३, बघौडामा केहि वर्षयता लाखौंको लगानीमा सुविधायुक्त रिसोर्ट सञ्चालन गर्नुभएका माडी भिलेज रिसोर्ट सञ्चालक रामनारायण महतोले, माडीमा व्यवस्थित रुपले होटल तथा रिसोर्टहरु सञ्चालन भइरहँदा विगतको भन्दा हाल ग्राहकहरुको संख्या बढ्दै गइरहेको र आगन्तुक पर्यटकहरु समेत आफुहरुले प्रदान गरेको सेवाबाट सन्तुष्टि भएपछि रिसोर्टलाइ थप व्यवस्थित र सुविधायुक्त बनाउन थप हौसला बढेको बताउनुभएको छ ।

