स्वदेशपोष्ट विशेष

दक्षिण कोरियामा रहेका माडीबासीद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

चितवन सम्पर्क समिति दक्षिण कोरियाको मातहतमा, दक्षिण कोरियामा रहेका माडीबासीद्वारा शनिबार माडी नगरपालिका वडा नं. ६ स्थित हरिनगर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रम अन्तरगत चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा विद्यालयमा अध्ययनरत करिब १२५ जना बिधार्थीहरुलाई टाई र बेल्ट हस्तान्तरण गरिएको थियो ।

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर गुरुङ सभाअध्यक्ष रहनुभएको थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति चितवनका सदस्य चुडामणी महतो रहनुभएको थियो । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि समेत रहनुभएका चितवन सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष सुर्य पनेरुले विद्यालयलाइ प्रदान गरिएको शैक्षिक सामाग्रीहरुको सही सदुपयोग गरी सहयोगी मनहरुलाई थप हौसला प्रदान गर्न अनुरोध समेत गर्नुभएको थियोे ।

यसअघि पनि चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न १६ ठाउँमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिसकेको र ३३ जना विधार्थीहरुलाई एस.इ.इ सम्मको सम्पुर्ण पठनपाठनको जिम्मा लिएको समितिका सचिव सुलभबन्धु पोख्रेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार